देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोरिससविरुद्वको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल विजयी

देशान्तर



काठमाडौं-मोरिससविरुद्वको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।

दशरथ रंगशालामा आज भएको मैत्रीपूणर् खेलमा नेपालले मोरिससलाई १-० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि सुजल श्रेष्ठ १० औं मिनेटमा गोल गरेका थिए ।

यसअघि सन् २०१६ मा आयोजित सोलिडारिटी कपमा उनले मकाउविरुद्ध अन्तर्राष्ट्रिय गोल गरेका थिए । ६ वर्षपछि सुजलको पहिलो अन्तर्राष्ट्रिय गोल हो । फाइनलमा सुजलले मकाउविरुद्ध गरेको एकमात्र गोलमा नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो । सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सुजलको यो तेस्रो गोल हो ।
खेलको १३औं मिनेटमा मोरिससका कप्तान एन्डी बोटलारले हानेको पेनाल्टी नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले उत्कृष्ट बचाउ गरेका थिए । नेपालले खेलको ३६औं मिनेटमा अग्रता दोब्बर पार्ने अवसर खेर फालेको थियो । तेज तामाङले करिव २५ यार्डबाट हानेको प्रहार फ्रेममा परेन ।

पहिलो हाफ १-० को नतिजामा टुङ्गिएको खेलको दोस्रो हाफ निकै तनावपूणर् भएको थियो । खेलको ७१ औं मिनेटमा दुवै टोलीका खेलाडी हात हालाहालको स्थितीमा पुगेपछि रेफ्री नविन्द्र महर्जनले दुबै टोलीका खेलाडीलाई रातो कार्ड देखाएका थिए ।

नेपालका पुजन उपरकोटी मोरिससका एन्ड्रिएन बोट्लरले रातो बेहोरेपछि दुवै टोली १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि पुनः खेलको ७९ औं मिनेटमा मोरिससका डिफेन्डर इमानुयल फुनचुन्डले दोहोर पहेँलो कार्ड पाउँदै मैदान छोडेपछि मोरिसस ९ खेलाडीमा सिमित भएको थियो ।

निर्धारित समयको अन्त्यतिर मैदानमा फ्लडलाइट पूणर् क्षमतामा नबलेपछि खेल १० मिनेट रोकिएको थियो । जितसँगै नेपालले घरेलु मैदानमा आयोजित दुई मैत्रिपूणर् खेलमा सत प्रतिशत जित निकालेको छ ।

पहिलो खेलमा नेपालले १-० गोलको नतिजामा जित निकालेको थियो । आजको खेलमा न्युरोड टीम (एनआरटी) बाट ‘ए’ डिभिजन लिग खेलीरहेका नविन गुरुङले राष्ट्रय टालीमा डेव्यु गरेका छन् । यस्तै, एनआरटीकै मिडफिल्डर एरिक विष्टले टोलीमा पुनरागमन गरेका छन् ।