काठमाडौं-सोमबार नेप्से परिसूचक १४.४८ अंकले घटेर २८७१.०५ को विन्दुमा आइपुगेको छ ।
निर्वाचनको टुंगो लग्यो भने उच्च दरमा बढ्छ भन्ने तर्क गरिरहँदा विपरीत स्थानीय चुनावको समाचार आएको तेस्रो दिनमै सेयर बजारले नकारात्मक प्रक्रिया दिन सुरु गरेको हो ।
निर्वाचनको मितिका लागि गठबन्धनमा सहमति बनेको समाचार आएको अर्को दिन सय अंक अधिकको वृद्धि लिएको बजारले उकालो यात्रालाई निरन्तरता दिने हो/होइन भन्नेमा लगानीकर्ताबीच अन्योल देखिएको छ।
बजार दोस्रो कारोबार दिनबाटै दोहोरो अंकले घट्न थाल्दा लगानीकर्ता पुनः ’पर्ख र हेर’को अवस्थामा पुगेका छन् । नेप्से परिसूचक १४.४८ अंकले घटेर २८७१.०५ को विन्दुमा कायम छ ।
आइतबार उत्साहजनक रुपले बढेको कारोबार रकम पनि सोमबारको कारोबार बन्द हुँदा ५ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ । निर्वाचनको समाचारपश्चात तत्काल तेहोरो अंकको वृद्धि लिंदा बजार प्रवेश गर्न आतुर लगानीकर्ता सोमबार ’न्युट्रल’ बस्दा कारोबार रकममा आवश्यकता अनुरुपको वृद्धि नदेखिएको जनकारहरुको भनाइ छ ।
प्रतिक्रिया