काठमाण्डौ -इङ्ग्लिस क्लब ब्रेन्टफोर्डले टोटेनह्यामका पूर्व मिडफिल्डर क्रिस्टेन एरिक्सनलाई ६ महिनाका लागि अनुबन्ध गरेको छ ।
सन् २०२० को युरो कपमा फिनल्यान्डसँगको खेलका क्रममा हृदयाघात भएपछि डेनमार्कका खेलाडी एरिक्सनले फुटबल खेलेका छैनन् । त्यस खेलमा हृदयाघात भएपछि उनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र अर्थात् (आईसीडी) जडान गरिएको छ ।
केही समयअघि एरिक्सनलाई इटाली क्लब इन्टरमिलानले रिलिज गरेको थियो । सिरी एु क्लबले उनले शरीरमा जडान गरेको इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर अर्थात् आईसीडी नहटाएसम्म इटलीमा खेल्न नपाउने भएपछि इन्टरमिलानसँगको सम्झौता रद्द भएको थियो ।
ब्रेन्टफोर्डमा अनुबन्धपछि एरिक्सनले आफू चाँडो भन्दा चाँडो मैदान फर्किन हतारिएको बताएका छन् ।
प्रतिक्रिया