देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साताको पहिलो दिन शेयर बजारमा उल्लास, १०५ अंकले बढ्यो

देशान्तर

काठमाडौं – देखिएको छ । कारोबार शुरु भएसँगै बढ्ने क्रममा देखिएको बजार अन्तमा १०५ अंक्ले बढेर बन्द भयो । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १०५ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ८५ दशमलव ५३ अंकमा पुगेको छ ।

अघिल्लो साता लागातार घटेको शेयर बजार आइतबार भने सरकारले चुनाव घोषणा गर्ने तयारी गरेको समाचार पछि बढेको अनुमान गरिएको छ । कारोबार रकम पनि आइतबार ६ अर्ब नाघ्यो । १ करोड २१ लाख ५५ हजार ४ सय ३२ कित्ता शेयर किनबेच हुँदा शेयर कारोबार रकम ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

बजार उच्च अंकले बढ्दा आधा दर्जन कम्पनीहरुको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एकै कम्पनीहरुको शेयर मूल्य एकै दिन १० प्रतिशत भन्दा धेरैले घटबढ हुँदैन ।

बुधबार अधिकतम् सीमा (सर्किट लेभल) कारोबार हुनेमा विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बुद्धभूमि हाइड्रोपावर र अरुणभ्याली हाइड्रो पावर रहेका छन् ।