देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सञ्चारकर्मबाट कलाकारितामा फड्को

देशान्तर

काठमाडौंं । अशोक धिताल सञ्चार जगत् र कलाकारितामा नौलो नाम होइन । रेडियोकर्मी हुँदै कलाकारितामा होमिएका उनको व्यस्तता बढ्दो छ । २०५८ सालदेखि उनी निरन्तर सक्रिय छन् ।

हास्य टेलिशृंखंला ‘भद्रगोल’बाट ‘बाहुन डन’को पात्रले परिचित धिताल हाल पारिवारिक टेलिसिरियल ‘मेरो कथा’मा धिताल व्यस्त छन् । यो सिरियल हप्ताको दुई पटक प्रसारण हुँदै आएको छ । उनी कलाकारसँगै उद्घाषेक पनि हुन् । पहिलो मौलिक रियालिटी शो ‘लोक स्टार’ मा केही समय कार्यक्रम सञ्चालकका रूपमा पनि देखिए । अहिले उनी टेलिभिजनमा कार्यक्रम चलाउँछन् भने आफ्नै व्यवसाय पनि सम्हाल्छन् ।

 

नयाँ प्रोजेक्टको तयारीमा रहेका धिताललाई कोरोनाको तेस्रो लहरले चिन्तित बनाएको छ । उनी भन्छन्, ‘नयाँ कामको तयारीमा थिएँ । कोरोनाले समस्या देलाजस्तो छ ।’ उनी जस्तोसुकै चरित्र र पात्र प्रस्तुत हुने दक्खलता राख्छन् । ‘लेखकको कल्पना र निर्देशकको परिकल्पना अनुसार अभिनय क्षमता देखाउँदै आएको छु । कमेडी सिरियल ‘भद्रगोल’मा ‘बाहुन डन’ भिलेन बनेर गरेको अभिनय सबैले रुचाउनु भएको छ । चलचित्रमा इमान्दार प्रहरीको भूमिकामा देखिँदा पनि दर्शकले मन पराउनु भएको पाएको छु । आफूलाई दिइएको भूमिकामा न्याय गर्न सक्नु नै वास्तविक कलाकार हो जस्तो लाग्छ ।’ धितालले भने ।

कलाकारिताको कमाइले उनी खुसी छन् । ‘आफूले मिहेनत गरेअनुसार आर्थिकरूपले पनि म सन्तुष्ट छु ।’उनी थप्छन्, ‘कलाकारिता क्षेत्रमा लाखौं मानिस सक्रिय छन् । उनीहरू कलाकारिताबाटै बाँचिरहेका छन् । त्यसले गर्दा सरकारले कलाकार र कलाकारितालाई हेर्ने दृष्टिकोण फराकिलो बनाउनुपर्छ ।’

कलाकार धितालले प्रथम काँठे लोकदोहरी महोत्सव २०७६ सम्मानपत्र, नेपाल म्युजिक अवार्ड २०७५ सम्मानपत्र, आँखा साप्ताहिक २०६९ युवा सिर्जनशील सम्मानलगायतका सम्मानसमेत हात पारिसकेका छन् ।