देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

होन्डुरसमा पहिलो महिला राष्ट्रपति

देशान्तर

काठमाडौं । मध्य अमेरिकी राष्ट होण्डुरसमा शियोमारा कास्त्रा देशको पहिलो महिला राष्ट्रपति बनेकी छिन् ।

लिब्रे पार्टीकी ६२ वर्षया कास्त्रोले होण्डुरसमा समस्याका रुपमा रहेका लागुऔषध तस्करी गर्ने शक्तिशाली समूहसँग लड्ने तथा गर्भपतन सम्बन्धी कानुनलाई खुकुलो बनाउने प्रतिबद्धता जनाएकी छिन् । गरिबी अन्त्यको योजनामा राजनीतिक संकटले चुनौती थपिरहेका बेला कास्त्रोले शपथ लिएकी हुन् ।

शपथ समारोहमा वामपन्थी नेतृ समेत रहेकी कास्त्रोले आफूले विभाजित र समस्याग्रस्त अवस्थामा रहेका बेला देशको नेतृत्व गर्न लागेको बताउँदै सामाजिक न्याय र पारदर्शितासहित काम गर्ने प्रतिवद्धता जनाइन् ।

कास्त्रोका श्रीमान म्यानुएल जिलाया सन् २००६ देखि २००९ सम्म देशको नेतृत्वमा थिए । उनलाई कु मार्फत सत्ताबाट हटाइएको थियो ।