देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मरिसससँगको खेल जिते त्यसको श्रेय खेलाडीलाई जान्छ : अलमुताइरी

देशान्तर

काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारे त्यसको श्रेय खेलाडीलाई जाने बताएका छन् ।

आज बिहीवार सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्य प्रशिक्षक अलमुताइरीले नेपाली टोलीले जित हात पारे त्यसको सम्पूर्ण श्रेय खेलाडीमा जाने र पराजय भोगे त्यसको जिम्मेवार आफूमात्र हुने सामाजिक सञ्जालमार्फत उल्लेख गरेका हुन् ।

नेपालले पहिलो पटक अफ्रिकी देश मरिससविरुद्ध खेल्न लागेको हो । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने दुई मैत्रीपूर्ण खेल यही शनिवार र मङ्गलवार हुनेछ । मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले नेपाली टोलीको घोषणासमेत गरिसकेको छ । प्रारम्भिक चरणमा रहेका ३४ खेलाडी नै छनोटमा परेका छन् ।

किरणकुमार लिम्बूले कप्तानीको भूमिका निर्वाह गर्नेछन् । माल्दिभसमा व्यावसायिक फुटबल खेलिरहेका किरण मरिससविरुद्धको दुई मैत्रपूर्ण खेल खेल्नका लागि हिजो बुधवार नेपाल आइपुगेका हुन् ।

प्रशिक्षक अलमुताइरीले प्रारम्भिक छनोटमा समावेश भएका ३४ खेलाडीलाई नै दुई खेलका लागि प्रयोग गर्ने निर्णय गरेका हुन् । उनले नतिजाभन्दा पनि खेलाडीलाई अनुभव दिनु आफ्नो मुख्य लक्ष्य रहेको यसअघि बताएका थिए ।