देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी कोलिन्स पहिलोपटक ग्रान्डस्लाम फाइनलमा

देशान्तर

मेलबर्न – अमेरिकी खेलाडी ड्यानियल कोलिन्स वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अष्ट्रेलियन ओपनको फाइनलमा पुगेकी छन् । कोलिन्स कुनैपनि ग्रान्डस्लाममा पहिलोपटक फाइनल पुगेकी हुन् ।

२८ वर्षीया कोलिन्सले बिहीबार भएको सेमिफाइनलमा पोल्यान्डकी इगा स्वियाटेकलाई ६(४ र ६(१ को सोझो सेटमा पराजित गरिन् । हाल विश्व वरियतामा ३० औँ स्थानमा रहेकी कोलिन्सले अब उपाधिका लागि असलेग बार्टीसँग प्रतिस्पर्धा गर्ने छन् ।

विश्व नम्बर एक बार्टीले बिहीबार भएको अर्को सेमिफाइनलमा मेडिसन किजलाई सोझो सेटमा पराजित गरिन् । पहिलो सेट ६(१ ले जितेकी बार्टीले दोस्रो सेट ६(३ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान बनाएकी हुन् ।

२५ वर्षीया घरेलु खेलाडी बार्टीले यसअघि सन् २०१९ मा फ्रेन्च ओपन र २०२१ मा विम्बल्डन जितेकी थिइन् । अष्ट्रेलियन ओपनमा भने पहिलोपटक फाइनल पुगे‍की हुन् ।

कोलिन्स र इगा स्वियाटेकबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।