काठमाडौँ – नेपाल धितोपत्र बोर्डले एकैपटक ६ ओटा कम्पनीलाई प्राथमिक शेयर (आइपिओ)निष्काशन गर्ने स्वीकृति प्रदान गरेको छ ।
बोर्डले माघ ९ गते आइबार एकैसाथ दुईओटा हाइड्रो पावर कम्पनी, तीनओटा लघुवित्त र एउटा लगानी समूहका गरी ६ ओटा कम्पनीलाई आइपिओ बिक्री तथा निकाष्शन गर्ने अनुमति दिएको हो ।
बोर्डद्वारा जारी सूचनाअनुसार बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालले आइपिओ जारी गर्ने अनुमति पाएका हुन् ।
बोर्डले बलेफी हाइड्रो पावरलाई प्रतिकित्ता एक सय रुपैयाँ दरको चुक्ता पुँजीको २० प्रतिशत अर्थात ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको कूल ३६ लाख ५५ हजार ९४० कित्ता आइपिओ जारी गर्ने अनुमति प्रदान गरेको छ । बेलफी हाइड्रोपावरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
त्यस्तै, ग्रीन भेञ्चर ग्रिन भेञ्चरर्स लिमिटेडले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ । कम्पनीको उक्त आइपिओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।
यसैगरी नेष्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति प्राप्त गरेको छ । नेष्डो समृद्धि लघुवित्तको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
बोर्डले जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडलाई ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता , राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपाल लिमिटेडलाई ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आइपिओ निष्काशनको अनुमति दिएको छ ।
जाल्पाको आइपिओ निष्काशन बिक्री प्रबन्धक प्रभु क्यापिटल, राष्ट्र उत्थानको एनआईबिएल एस क्यापिटल र इमर्जिङ नेपालको आइपिओ बिक्री प्रबन्धकमा एनआई सी एशिया क्यापिटल रहेको छ ।
प्रतिक्रिया