काठमाडौ – भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ३३ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।
शनिबारको तुलनामा ४ हजार १ सय ७१ कम मानिसमा संक्रमण पुष्टि भएको हो । त्यस्तै गत २४ घण्टामा ५ सय २५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
अहिले भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख ८७ हजार २ सय ५ रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया