श्रीलंकाले एक दिवसीय सिरिज जितेको छ । जिम्बावेलाई २–१ ले पराजित गर्दै श्रीलंकाले सिरिज जितेको हो । पहिलो खेलमा श्रीलंका विजयी हुँदा दोस्रो खेलमा जिम्बावेले बाजी मारेको थियो ।
तर अन्तिम तथा निर्णायक एक दिवसीयमा जिम्बावेलाई ७० रनमा रोक्दै १८४ रनको जित हात पारेको श्रीलंकाले सिरिज नै जित्न सफल भयो । श्रीलंकाले दिएको २५५ रनको लक्ष्य पछ्याएको जिम्बावे २४.४ ओभरमा अलआउट हुँदै ७० रनमा समेटिएको थियो । उसका लागि ताकुद्ज्वानशे केटानेले सर्वाधिक १९ रन बनाउँद्या रेयान ब्रुलले १५ रन बनाएका थिए ।
श्रीलंकाका लागि जेफरी वेन्डरसेले सर्वाधिक ४ विकेट लिए । पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २५४ रन बनाएको थियो । उसका लागि पथुम निसनकाले ५५ रनको अर्धशतकीय पारि खेल्दा कुसल मेन्डिसले ३६ रन बनाए । पाँचौं नम्बरमा क्रिजमा आएका चिराथ सनकाले पनि ५२ रनको अर्धशतकीय पारि खेल्दा श्रीलंकाले मध्यम स्कोर खडा गरेको थियो । जिम्बावेका रिचर्ड नगराबले २ विकेट लिए ।
प्रतिक्रिया