काठमाडौ – विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले २० औं संस्करणको आहा रारा गोल्डकपमा विजयी सुरुवात गरेको छ । एपिएफले बिहीबारको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरामाथि २-० को सहज जित हात पारेको हो ।
पोखरा रंगशालामा एपिएफलाई जित दिलाउन आभाष लामिछानेले र प्रदीप लामाले एक एक गोल गरे । खेलको १३ औं मिनेटमा आभाषले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । ६०औँ मिनेटमा प्रदीपले टोलीको अग्रता दोब्बर बनाए ।
त्यसपछि कुनै टोलीबाट गोल हुन नसक्दा सहज जित निकाल्दै एपिएफ अर्को चरणमा प्रवेश गरेको हो । एपिएफले अब ८ माघमा अमेरिकाको बिवाइएससी मिनेसोटाको सामना गर्नेछ ।
प्रतिक्रिया