दक्षिण अफ्रिकाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत ३१ रनले पराजित भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर २९६ रन बनाएको थियो ।
उसका लागि कप्तान तेम्बा बावुमाले ११० तथा रसी भान डर डुसेनले १२९ रनको शतकीय पारि खेल्दै टिमलाई मजबुत स्थितिमा पुर्याएका थिए ।
जवाफमा भारतले निर्धारित ओभरमा ८ विकेट गुमाएर २६५ रन मात्रै बनाउन सकयो । भारत कालागि शिखर धवनले सर्वाधिक ७९ रन बनाउँदा विराट कोहलीले ५१ रनको पारि खेले ।
यसका साथै शार्दुल ठाकुरले ५० रनमा नटआउट रहे पनि खेल भने जिताउन सकेनन् । ठाकुरले एक दिवसीय क्रिकेटमा पहिलो अर्धशतक पनि बनाएका छन् ।
जितसँगै दक्षिण अफ्रिका भारतविरुद्धको तीन म्याचको सिरिजमा १–० ले अग्रता लिएको छ ।
प्रतिक्रिया