काठमाडौ – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा १५८ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसका कप्तान मञ्जित श्रेष्ठले एपीएफविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । उनको निर्णय सही सावित भयो । एपीएफका खेलाडीले कुनै पनि समय ठूलो साझेदारी गर्न सकेनन् ।
एपीएफले निर्धारित १९।५ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो । एपीएफका लागि अमर राउटेलाले सबैभन्दा धेरै २९ रन बनाए । लेकेश बम २७ रनमा पवेलियन फर्किंदा सन्दीप जोरा २४, कप्तान शरद भेषावकर १९ र भुवन कार्कीले १७ रन जोडे ।
पुलिसका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान तीन विकेट लिए । गुल्सन झाले दुई विकेट लिँदा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले एकरएक विकेट लिए ।
प्रतिक्रिया