काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण मंगलबार बाट सुरु हुँदैछ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले टिमको प्रशिक्षण मंगलबारबाट सुरु हुने जनाएको छ ।
टिमको प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताईरीले बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाएका छन् । अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले तयारी गर्न लागेको हो ।
नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । मैत्रीपूर्ण खेल जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ । नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
प्रतिक्रिया