काठमाडौं । वर्तमान नेपाली कांग्रेसको नेतृत्वको बामपन्थीहरु सहितको सरकार बनेपछि नियुक्त नेपाल चिकित्सक संघका पूर्व अध्यक्षसमेत रहिसकेका डा. भुपेन्द्रबहादुर बस्नेतलाई हटाउन गठवन्धनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व पाएको नेकपा एकीकृत समाजवादीका मन्त्री विरोध खतिवडाले नीतिगतरुपमै नेपालको सबभन्दा पुरानो र ठूलो सरकारी अस्पताल वीर अस्पतालमा नीतिगत निर्णय नै गराई १२ औं तहको कार्यकारी निर्देशक ल्याउने चलखेल गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनले अहिलेलाई माओवादी भनेर चिनिने डा. गुणराज लोहनीको नियुक्ति टरेको छ । कोभिडको महामारीपछि चिकित्सा विज्ञान प्रतिष्ठानबाट स्वास्थ्य मन्त्रालय अन्तर्गत सरेको वीरमा मन्त्रीले लोकतान्त्रिक विचार समर्थक भएकै कारण निर्देशक बस्नेतलाई हटाउन खोजेको बुझिएको छ, किनभने स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सचिव, स्वास्थ्य विभागका महानिर्देशकबाहेक डा. लोहनीमात्र १२ औं तहका हुन् ।
वीर अस्पताल २०५९ सालमा अध्यादेश र २०६३ सालमा ऐनबाट स्वास्थ्य क्षेत्रमा विशेषज्ञ जनशक्ति उत्पादन र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले स्थापित स्वायत्त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा प्रतिष्ठान ऐन, नियमविपरीत मेडिकल माफिया र तिनका वीर अस्पतालमा कार्यरत स्थायी एजेन्टहरूले आफ्नो अनुकूल अर्बौंको स्वास्थ्य सामग्रÞी, औषधि, उपकरण आयात गर्न÷गराउन, टेन्डर हात पार्न र आफू निकटलाई वीर अस्पतालमा जागिर खुवाउन स्वास्थ्यमन्त्री मार्फत पटक पटक र छोटोछोटो समयमा निर्देशक परिवर्तन गराई रहन्छन् ।
यसको पछिल्लो उदाहरण हो गत जेठमा प्रतिष्ठान ऐन विपरीत वीर अस्पताल छुट्ट्याउने अध्यादेश र डा जागेश्वर गौतमको नियुक्ति सोमार्फत गैरकानुनी तरिकाले तीन दिनभित्र २४ करोडको सामान आफूनिकट म्याक्सिक सप्लायर्सलाई दिएका थिए र सोको चौतर्फी विरोधसमेत भएको थियो । जसलाई वीर अस्पतालका एजेन्ट भावना वराल, भगवती थपलिया, विष्णु फुयाल, बैकुण्ठ लुइँटेल, क्षेत्रराज कार्की, एकनाथ तिमल्सिना, राजकुमार राजथलाले सहयोग गरेका थिए । प्रशासनकै उच्च स्रोत बताउँछ ।
अर्काे उदाहरण भनेको स्वास्थ्य मन्त्रालयमा रहेर विगतदेखि नै न्याम्स विरोधी गतिविधि गर्न १२औ तहका डा. गुणराज लोहनीको वीर अस्पतालमा सरुवा! सर्वप्रथम त स्वायत्त प्रतिष्ठानको ओएनएम सर्व र दरबन्दी सिर्जना गर्ने अधिकार न्याम्समा हुने, निर्देशक नियुक्तको सिफारिस उपकुलपतिले गर्नुपर्ने भए पनि मेडिकल माफियाका डा..जागेश्वर र डा. गुणराज लोहनीले जबर्जस्ती न्याम्स ऐन, सिनेटको विपरीत वीर अस्पतालमा १२आंै तहको निर्देशकसहित ८२७ जना दरबन्दी बनाएका थिए । यिनै मेडिकल माफिया र वीर अस्पतालको सुधारमा विगतदेखि नै मन्त्रालयमा रहेर नकारात्मक र विवादित छविका डा गुणराज लोहनीलाई गत २५ गते निर्णय भन्दै २७ गते वीर अस्पतालको प्रमुख प्रशासकीय प्रमुखमा विवादित नियुक्त गराइएको थियो ।
त्यसमा पनि १२आंैंं तहको नियुक्त र सरुवामन्त्री परिषद्बाट हुनुपर्ने, राष्ट्रियसभा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा वीर अस्पतालका एजेन्टहरूले विगतमा स्वास्थ्य बिमा बोर्ड, स्वास्थ्य सेवा विभाग, कोसी अस्पताललगायतमा असफल र मेडिकल माफियासँग विशेष सम्बन्ध भएका डा लोहनी पहिल्यैदेखि वीर अस्पताल विरोधी रवैया देखाउँथे । उनले स्वास्थ्य मन्त्रालयमा रहँदा न्याम्सको सुधारमा अवरोध गरेका थिए । उनले न्याम्सलाई स्वायत्त हुन नदिने, न्याम्स सेवा आयोग गठनमा अवरोध गर्न, सर्जिकल भवन सञ्चालनमा बजेट माग गर्दा बजेट नदिएर भूत बंगंला वनाएको, दुवाकोट परियोजना अगाडि बढ्न नदिने, वीर अस्पतालको कर्मचारीको तलबभत्ता पटकपटक रोक्ने, समायोजन भएका कर्मचारीसँग आर्थिक कारोबार गरेर रमाना नदिने जस्तो अस्पताल विरोधी कार्य गर्दै आएका थिए । सो को पुष्ट्याई न्याम्स पदाधिकारीले नै गर्न गरेका छन् । अस्पतालका कर्मचारी संघ, संंगठनले विवादित र भ्रष्ट चरित्रका डा.लोहनीको नियुक्तप्रति असहमति र विरोध गरेका थिए ।
कर्मचारीवृत्तले वीर अस्पताल बाहिरबाट आउने प्रमुखलाई नमान्ने बताई आन्दोलनसमेत गरेका थिए । सरकारले गत जेठमा न्याम्स ऐनविपरीत कोभिड—१९ युनिफाइड अस्पताल स्थापना गरेको र न्याम्सबाट ओएनएम सर्भे भएर दरबन्दी सिर्जना हुनुपर्नेमा डा. लोहनी र वीर अस्पतालबाट समायोजनमा बाहिर परेर हाल नक्कली बोर्ड र अदालतको सहारामा बसेका भ्रष्टाचारी समूहको स्वार्थलाई वीर अस्पतालमा १२औं तहकोसहित ८२७ जना गैरकानुनी दरबन्दी सिर्जना गराएको थिए । डा. लोहनी १२औं तहमा बढुवा भएपछि मन्त्रालयले वीर अस्पताल पठाउन खोजेको थियो ।
तर अस्पताल विरोधी छवि बनाएका र अस्पताल आर्थिक संंकट छ भन्दै वीर आउन नचाहेका डा. लोहनी अहिले आउनुमा रहस्य थियो यसमा मेडिकल माफिया र वीर अस्पतालका स्थायी एजेन्टहरू भावना बराल, बैकुण्ठ लुइँटेल, विण्णु फुयाल, अग्निधर बस्याल, क्षेत्रराज कार्की, टीकाराम पनेरु, एकनाथ तिमल्सिनाको हात रहेको अस्पताल प्रशासन उच्चस्तरीय विज्ञ बताउँछन् । यो समूह डा. लोहनीलाई देखाएर आर्थिक कारोबार गर्ने दाउमा थिए तर यो भ्रष्ट समूहको उद्देश्य पूरा हुन दिएनन् अस्पतालका सुधार पक्षधर र प्रधानमन्त्री देउवाले ।
वर्षांैंंदेखि मेडिकल माफियालाई काम गरी कमाउ धन्दामा लागेकाविरुद्ध लोकतन्त्रवादी चिकित्सक र कर्मचारीले समयमै प्रधानमन्त्रीलाई जानकारी गराए देउवाद्वारा सकारात्मक हस्तक्षेप भयो र स्वास्थ्यमन्त्री पनि आफू वीर अस्पतालका भ्रष्टाचारी समूहको चंंगुलमा परेर फसेको थाहा पाएपछि निर्णय सच्याउन सहमत भयो भने एक पटक फेरि भ्रष्ट र माफियाको पोल्टामा जान जोगियो ।
वीर अस्पताल अहिले वीरका भ्रष्ट समूह उनीहरूको कमाउ धन्दाको विरोध गर्ने कर्मचारीको विरुद्ध आफू निकट सञ्चार माध्यमबाट चरित्रहत्या गरिरहेका छन्. यी रैथाने भ्रष्टाचारीहरू आफूलाई केहीले स्वास्थ्यमन्त्री, केही अर्थमन्त्री, केही ऊर्जामन्त्री र केही माओवादी अध्यक्ष प्रचण्ड पक्षधर हँु भन्दै अस्पतालमा आतंंक सिर्जना गरिरहेका छन् । अस्पताल प्रशासन उच्च स्रोत बताउँछ यो भ्रष्ट समूहको सरुवालाई मन्त्रालयमा पहल भइरहेको जनाउँछ ।
गत साउनदेखि अस्पताल सुधारतर्फ उन्मुख छ । कर्मचारीले तलब भत्ता समयमै पाउन थालेको वीर अस्पताल सुधारउन्मुख पूर्ण रूपमा सञ्चालन रहेको दैनिक दुई हजार ५ सयभन्दा बढी बिरामीले सेवा लिइ रहेको, २४सै घण्टा पीसीआर हुँदै आएको टिकट काट्ने डिजिटल प्रणाली व्यवस्थाले सहज भएको छ ।
कोभिड अस्पतालमा सयभन्दा बढी बिरामी उपचारत रहेको, कोभिड अस्पताल ५०० बेड सञ्चालनको तयारी अवस्थामा रहेको, कोभिड सोधपुछ ११३३ सञ्चालन गरेको, सय बेड आईसीयू सञ्चालन तयारी भैरहेको, इमर्जेन्सी मनिटर र आधुनिक बेडसहित सञ्चालित सर्जिकल भवन पूर्ण (५०० बेड) रूपमा सञ्चालन तयारी रहेको, बिगारिएका उपकरण मर्मत पछि प्रयोगमा आएको, दुवाकोट परियोजना अघि बढिरहेको छ । सिटी स्याक्यान, एमआरआई, प्याथोलिजी, इमजेन्सी सेवा चुस्त भैरहेको कर्मचारी नपाएको कोभिड भत्ता पाएको, लामो समयदेखि नपाएको औषधि खरिद खर्च पाएको, समयमै तलब पाउन थालेको, सेवा बिस्तार भत्ता दिने तयारी भैरहेको देखेर अस्पतालमा सहज वातावरण देखेर वीरका भ्रष्ट समूहका नाइकेहरू आफ्नो कमाउधन्दा हराउने भएपछि कार्की, बराल, भगवती, फुयाल, बस्याल, लुइँटेल, एकनाथ, राजथला र पनेरुले अर्बौंको बजेटमा हालिमुहारी गर्न र वीरमा ओम्नी, यती, म्याक्सिक, धीरज र लक्ष्मणको कब्जामा दिन डा.लोहनीलाई वीर अस्पताल ल्याउन खोजेका बुझिन आउँछ ।
अब यो समूह डा.भूपेन्द्रकै चाकरी गर्दै कमाउ अड्डामा बस्न शक्ति केन्द्र धाउन लागेका छन् । तर वीरका कर्मयोगी मौरी कर्मचारीले डा.भूपेन्द्रलाई भ्रष्टाचारी समूहबाट जोगिन ध्यानाकर्षण गराइसकेका छन् ।
उता अस्पतालका सम्पूर्ण चिकित्सक, कर्मचारी, संघ, संंगठन र न्याम्स पदाधिकारीले वीर अस्पताल स्वायत्तता र सुधारको विरोधी, मेडिकल माफियाको एजेन्ट, लामो समय कमाउ अड्डा बसेका, क्यान्सर फार्मेसी र विपन्न शाखा बसेर अकुत धन कमाइ गरेका कार्की, कोभिड भ्यासिन बेच्ने पनेरु समूह, अस्पताल क्याफेमा बसेर व्यापारीलाई धम्क्याउँदै रकम उठाउने, ट्रमा सेन्टरमा ठेक्कापट्टाबाट रकम उठाउने फुयाल, क्यान्सरको औषधि बेच्ने, विपन्नसँग कमिसन लिएर मात्र काम गर्ने, कर्मचारी सरुवा र म्याद थपमा रकम उठाउने राजकुमार राजथला, नक्कली मेडिकल बोर्ड कागजपत्र भएकाहरूको वीर अस्पताल सुधारमा लैजाने हो भने उनीहरूलाई वीर अस्पतालबाट सरुवा गरेर सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै प्रधानमन्त्री कार्यालय, सतर्कता केन्द्र, अख्तियार, सम्पत्ति शुद्धीकरण र स्वास्थ्य मन्त्रालय लगायतमा उजुरीसमेत दिएका छन् ।
प्रतिक्रिया