काठमाडौं – निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको जानकारी दिए ।
बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई मिन्त्रणा गरिएको छ । थपलियाले बैठकका मुख्य गरी तीन एजेण्डा भएको जानकारी दिएका छन् ।
उनका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल हुनेछ । ‘मुख्य गरी निर्वाचनको वातावरण बनाउनका लागि हो,’ थपलियाले भने, ‘दलहरुले जे चाहन्छन् त्यसै अनुसार हामी मिति निर्धारण गर्छौं ।’
आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निणर्य गरेको छैन् । २०७४ को वैशाख र असारमा स्थानीय चुनाव भएको थियो । त्यतिवेला निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठ मा सकिँदै छ ।
प्रतिक्रिया