काठमाण्डौँ – विश्वकै लामो रेडियो अन्तरवार्ताको विधाबाट पत्रकार भानुभक्त निरौला र पर्यटन विद् आङफिन्जो शेर्पाले विश्व रेकर्ड राखेका छन् ।
पत्रकार निरौला र पर्यटनविद् शेर्पाले २५ घण्टा २६ मिनेट लामो रेडियो अन्तरवार्ता लिएर यसअघि अष्ट्रेलियामा भएको रेकर्ड ब्रेक गर्दै नेपालको तर्फबाट विश्व रेकर्ड कायम गरेका हुन् ।
निरौला हिमाल एफ.एम. ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक हुन् भने कान्तिपुर मिडिया ग्रुपमा समेत आबद्ध छन् । पर्यटनविद् शेर्पा एफ.एम. संचालक समितिका उपाध्यक्ष समेत हुन् । उनी इको हिमाल नेपालका अध्यक्ष हुन् भने लामो समय देखि पर्यटन क्षेत्रमा क्रियाशील छन् ।
‘पर्यटन र जनवायू परिर्वतनका असर’विषयक विश्वकै लामो रेडियो अन्तरवार्ता गत नोभेम्बर ८ र ९ गते हिमाल एफ.एम.को शाखा कार्यालय काठमाण्डौमा आयोजना गरिएको हो । निरौला र शेर्पाको दाबीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले मान्यता दिएको छ । रेकर्ड होल्डर पत्रकार निरौलाले भने, ‘यो रेकर्डले नेपाली रेडियो प्रसारणको इतिहासमा विशेष महत्व राख्नेछ । हाम्रो कामले रेकर्ड नेपालको पोल्टामा आएको छ । यो पनि देशको लागि राम्रो कुरा हो ।’ प
र्यटन विद् आङफिन्जो शेर्पाले आफ्नो कोशिसले सार्थकता पाएकोमा खुसी व्यक्त गरे । ‘पर्यटन र जलवायू परिर्वतनको असर विषयमा विश्वकै लामो अन्तरवार्ताबाट जलवायू परिर्वतनको न्यूनिकरणमा विश्वको ध्यान आकृष्ट हुनुपर्छ भन्ने सन्देश दिन खोजेका थियौ । त्यो पुरा भएको महसुस गरेको छु ।’उनले भने ।
प्रतिक्रिया