काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड संक्रमण भएको पुष्टि भएको छ । रुघा र सामान्य खोकी लागेपछि उनले आज बिहान पीसीआर परीक्षण गर्दा पोजिटिव देखिएको उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रेस संयोजक विमल खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
मन्त्री पौडेल हाल होम आइसोलेसनमा बसेका छन् ।
यस बिचमा उनको सम्पर्कमा रहेका सबै जनाले सजगता अपनाउँदै कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न उनको सचिवालयले अनुरोध गरेको छ । साथै, दैनिक हुने भेटघाटको कार्यक्रम पनि केही समयका लागि स्थगित भएको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया