मेलबर्न – टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलिया सरकारविरुद्धको भिसासम्बन्धी मुद्दा जितेका छन्।
मेलबर्नको एक अदालतले अष्ट्रेलिया सरकारले नोभाक जोकोभिचको भिसा रद्द गर्ने निर्णयलाई गलत ठहर्याएको छ।
अदालतले नोभाक जोकोभिचको राहदानी र सरकारले जफत गरेका अन्य सामान तत्काल जोकोभिचलाई फिर्ता गर्न आदेश दिएको छ।
अब अदालतको आदेशपछि नोभाक जोकोभिचले घर फर्कने विकल्प पाउनेछन्। अष्ट्रेलिया सरकारले भिसा रद्द गरेपछि जोकोभिच चार दिनसम्म अध्यागमन विभागको होटलमा बन्द थिए।
जोकोभिचले यो मुद्दा जितेपछि अष्ट्रेलियन ओपन खेल्ने लगभग पक्का छ।
यद्यपि अष्ट्रेलियाका गृहमन्त्रीले जोकोभिचलाई अष्ट्रेलियाबाट बाहिर पठाउने अधिकार सरकारसँग रहेको र छिट्टै निर्णय गरिने बताएका छन्।
प्रतिक्रिया