काठमाडौं-आगामी माघ ३ गते रेष्टुरेन्ट, फिल्म हल, क्लब, पार्कलगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।
आज बसेको सीसीएमसी बैठकले यस्तो निणर्य गरेको हो ।
सीसीएमसीको प्रवक्ता सुनिता नेपालले खोप कार्ड नभएका व्यक्तिहरुले ती स्थानमा प्रवेश नपाउने देशान्तरलाई बताइन् । यो निणर्य कार्यान्वयनका लागि बैठकले गृह मन्त्रालयलाई पत्र लेखेको छ ।
पछिल्लो दिनमा कोभिड-१९ संक्रमणमा वृद्धि भएपछि सरकारले भीडभाड हुने ठाउँलाई नियन्त्रण गर्न यस्तो नियम ल्याएको हो ।
प्रतिक्रिया