काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा भएको छ ।
३ मंसिरबाट सुरु भएको लिगको आठौं चरणको खेल जारी रहँदा एक सय गोल पूरा भएको हो ।
पहिलोपटक मोफसलमा जारी शीर्ष डिभिजनको लिगमा कीर्तिमानी आठौं पटक लिग विजेता मनाङ मर्स्याङ्दी क्लबका डिफेन्डर दिनेश राजवंशीले एक सय गोल गरेका हुन् । शनिबार पोखरा रंगशालामा च्यासल युथविरुद्ध ५–०को जित निकाल्ने क्रममा दिनेशले १०० औं गोल पूरा गरे ।
जारी शीर्ष डिभिजनको लिगमा १०३ गोल पूरा भइसकेका छन् । शनिबार अपरान्ह एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेलमा दिनेश हेन्जनले गरेको गोल १०३ गोल हो ।
यस सिजनको लिगमा पहिलो गोल संकटाका लक्ष्मण रुचालले गरेका थिए । जुन गोल दोस्रो खेलमा सम्भव भएको थियो । यस्तै संकटाका अर्का डिफेन्डर निरज बस्नेतले ५० औं गोल गरेका थिए ।
प्रतिक्रिया