देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महालक्ष्मी विकास बैंकद्वारा बाँसगढी नगरपालिकालाई ट्री गार्ड हस्तान्तरण

देशान्तर

काठमाडौं-महालक्ष्मी विकास बैंक लिमिटेडले बाँसगढी नगरपालिकालाई ट्री गार्ड हस्तान्तरण गरेको छ ।

बैंकको बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नगरपालिकालाई बर्दियास्थित महेन्द्र राजमार्गमा रहेका बोट बिरुवाको संरक्षणका लागि भन्दै १० वटा ट्री गार्ड प्रदान गरेको हो ।

कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धन बहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल तथा बिभिन्न बैंक तथा वित्तिय संस्थाका प्रतिनिधी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।