देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा एकैदिन ५८ हजार कोरोना संक्रमित, ५३४ जनाको मृत्यु

देशान्तर

काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहर शुरु भएको छ । हरेक दिन कोरोनाको संक्रमण फेरी बढेपछि तेस्रो लहर शुरु भएको विज्ञहरुले बताएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५८ हजार ९७ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ५३४ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा एकै दिन १५ हजार ३८९ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका केसहरू पनि बढिरहेका छन् । अहिलेसम्म भारतका २४ राज्यमा ओमिक्रोन भेरिएन्टका २१३५ केसहरू रिपोर्ट गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेसम्म ८२८ ओमिक्रोन संक्रमित ठिक भएका छन् ।

यो सँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या दुइ लाख नाघेको छ । अहिले भारतमा २ लाख १४ हजार ४ कोरोनाका सक्रिय केस रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ८२ हजार ५५१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।