देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानको ओगासावारा टापुमा ६.३ म्याग्निच्युडको भूकम्प

देशान्तर

काठमाडौँ – जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मङ्गलबार ६.३ म्याग्‍निच्यूडको भूकम्प गएको छ।

जापान मौसम विज्ञान निकाय(जेएमए)ले स्थानीय समय अनुसार बिहान ६  बजे भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा र ७० किलोमिटर गहिराइमा थियो।

जापानको भूकम्पीय तीव्रताको मापनमा ओगासावारा टापुका केही भागमा पाँच माथिल्लो तहको भूकम्प गएको थियो जुन सात म्याग्‍निच्यूडको छ। अहिलेसम्म सुनामीको चेतावनी जारी गरिएको छैन।