देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टी २० विश्वकप छनोटका लागि बन्द प्रशिक्षण आजदेखि

देशान्तर

नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा हुने टी २० विश्वकप छनोटका लागि आजदेखि बन्द प्रशिक्षण शुरु गर्दै छ ।

त्रिवि क्रिकेट मैदानमा शुरुहुने बन्द प्रशिक्षणबाट नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दशानायकेले टिमलाई प्रशिक्षण गराउने छन् । पुबुदुले बन्द प्रशिक्षणका लागि ३० जनाको सूची सार्वजनिक गरिसकेका छन् ।

क्यानले तत्कालिन कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाही गरेपछि आइतबारदेखि नै शुरुहुने भनिएको बन्द प्रशिक्षण शुरु हुन सकेको थिएन । आइतबार दिनभर भएको छलफल पछि ज्ञानेन्द्र लगाएत असन्तुष्ट पक्षका खेलाडीहरु पनि बन्द प्रशिक्षणमा सहभागी हुने जनाइएको छ ।

क्यानले क्याम्पमा बोलाएका खेलाडीमा सन्दिप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केशी, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आशिफ शेख, कमलसिंह ऐरी, सहाब आलम, सन्दिप जोरा, अभिनाश बोहोरा, सुसन भारी, पवन सर्राफ, विक्रम शोब, भिम शार्की, रोहित कुमार पौडेल, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश मुलामी, किशोर महतो, सागर ढकाल, हरिशंकर शाह छन् ।