देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रिकेटर र क्यानबीच सहमति

देशान्तर


काठमाडौं-नेपाल क्रिकेट संघ क्यान र क्रिकेटरबीचको भएको विवाद सहमतिमा टुङ्गिएको छ ।

आइतबार दिउँसो क्यानले ज्ञानेन्द्र मल्लसँग काठमाडौंको एक होटेलमा छलफल गरेपछि विवाद सहमतिमा पुगेको हो ।

क्यानले आइतबारदेखि बन्द प्रशिक्षण शुरु गर्ने तयारी गरिएकोमा चार जना खेलाडीलाई कारबाही गरेको विषयलाई लिएर अरु खेलाडीहरुले पनि क्याम्प बहिष्कार भरेपछि क्यान पदाधिकारी कारबाही गरेका खेलाडिसँग बार्ता गर्न बाध्य भएका थिए ।

केही दिन अगाडि क्यानले तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीलाई कारबाही गरेको थियो । क्यानले कारबाही गरेको विषयलाई लिएर चौतर्फी बिरोध गएको थियो ।
तर, क्यानले चार जनालाई क्यानले कारबाही गरे पनि खेल्न भने प्रतिबन्ध लगाएको थिएन । त्यसैका आधारमा आसन्न टी २० विश्वकपका लागि क्यानले बन्द प्रशिक्षणमा चारै जनालाई समेटर ३० जनाको प्रारम्भीक सूची सार्वजनिक गरेको थियो । नाम नबताउने शर्तमा खेलाडिका एक प्रतिनिधिले देशान्तरलाई दिएको जानकारी अनुसार खेलाडी साथीहरुको विरोधका कारण क्यान झुक्न बाध्य बनेको बताए ।

आइतबार भएको सहमति अनुसार सोमबारदेखि सबै खेलाडीहरु बन्द प्रशिक्षणमा सहभागी हुने छन् । क्यानसँगको छलफल पछि साथीहरुसँग थप छलफल गरेर निणर्य दिने भन्दै मल्ल होटलबाट निस्किएका थिए ।

क्यानले अहिलेको अवस्थामा खेलाडीहरुलाई गरेको अनुशासनको कारबाही फिर्ता लिने बताइएको छ । कप्तानको रुपमा सन्दीप लामिछाने नै रहने क्यानले प्रष्ट पारेको छ ।

बोर्ड बैठकले नै खेलाडीहरुलाई अनुशासनको कारबाही गरिएकाले अबको बोर्ड बैठकले त्यसलाई फुकवा गर्ने र खेलाडीहरुलाई सन् २०२२ मा शुरुदेखि नै केन्द्रीय सम्झौतामा समावेश गर्ने बताएका थिए । कप्तानको रुपमा भने सन्दीपले नै नेतृत्व गर्ने क्यानका पदाधिकारीले बताएका छन् ।