काठमाडौं-महालक्ष्मी विकास बैंक लिमिटेडकोे महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
महाकाली जनज्योती आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्थानिय २ सय ५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधिसमेत प्रदान गरिएको महालक्ष्मी विकास बैंक महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्लाले बताए ।
महालक्ष्मी विकास बैंकले प्रत्येक वर्ष समाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र सोही अनुसार भीमदत्त-११ भुजेलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । उक्त शिविरमा महाकाली प्रादेशिक अस्पतालका डा. गोविन्द रोकायालगायत १० जना स्वास्थ्यकर्मीको टोली रहेको थियो । गाउँघरमै आएर महालक्ष्मी विकास बैंकले निःशुल्क स्वास्थ्य चेकजाँच र औषधि प्रदान गरेकोमा खुशी लागेको बताएका छन् ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मतीप्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कणर्ाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाखग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया