धेरै दिन म प्राचीन कथाहरू लेखनमा व्यस्त भएँ । साँच्चै भनुँ भने, यस्ता पुराना कथाहरूले मलाई आनन्द मात्र होइन, प्रेरणा पनि दिन्छन् । मलाई लाग्छ, हाम्रा बौद्धिक पाठकहरूले पनि यी कथाले केही न केही दिएको हुनु पर्दछ । यस्ता कथाहरूले हाम्रो संस्कृतिको विस्तार गर्नमा महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।
संस्कृतिको आधार हुन्छन् यस्ता कथाहरू । हामीसँग छन् र लेख्दछौं र पढ्दछौं । यी नभएका भए आजका कति सांस्कृतिक धरोहरको अर्थ गरिमापूर्ण हुन्नथ्यो । एक पटक हाम्रो समाजमा प्रचलित यिनलाई हटाई दिनुस्, हामीसँग कति बाँकी रहन्छ, गरिमामय संस्कृतिको निर्माण गर्न ? यस ठाउँमा जानकीको जन्म भएको थियो । जानकी, जनक राजाकी पुत्री थिइन् । जनककै नाउँमा जनकपुरधाम कहलाइन्छ । अयोध्या र जनकपुरको प्राचीन सम्बन्ध दर्शाउन हरसाल ‘राम–जानकी विवाह, महोत्सव सम्पन्न हुन्छ, परापूर्वकालदेखि नै ।
यो गर्व हामी कसरी लिन्थ्यौं यो परम्परामा कथा नजोडिएको भए ? यो त एक उदाहरण हो, यस्ता कतिपय भौतिक संरचनामा कथा अभिव्यक्ति गाँसिएका हुन्छन् । कथा र भौतिक संरचनाको मेलले संस्कृति जन्माउँछ, परम्परा जन्माउँछ, यस्ता माथि हामी गर्व गर्छौं, हामी सांस्कृतिक रूपमा बलियो भएको अनुभव गर्दछौं । यसबाट थाहा हुन्छ, हाम्रो संस्कृतिमा आख्यानको कत्रो भूमिका रहेछ । त्यसैले समयसमयमा म आफ्ना बौद्धक पाठकलाई यस्ता कथाहरू दिन खोज्छु । यी कथाहरू मैले आपैंmले बनाएको होइन, प्राचीनकालदेखि चलिआएका हुन् ।
त्यसैले धेरै पाठकलाई थाहा पनि होला, केहीले बिर्सेका होलान् । त्यस्ता पाठकलाई सम्झना गराउन पनि मैले यी कथाहरू प्रस्तुत गरेको हुँ । यसले लाभै दिन्छ, हानि गर्दैन । पछि पनि यस्ता कथा लेखेर सम्झना दिलाउने प्रयास गरिरहनेछु । मलाई लाग्छ, यस्ता कथा सबैलाई स्वीकार्य हुनेछन् ।
अब आउँ यता । प्रधानन्यायाधीशले के कारणले राजीनामा दिनु भएको छैन, थाहा भएन । यत्रो उहाँको विरोध न्यायकर्मीहरूले गरिरहेका छन् । उहाँ ‘ब्याक डोर’ बाट आउने–जाने गर्नुहुन्छ । उहाँकै सहकर्मी भने, उहाँको राजीनामा मागिरहेका छन् भने, त्यसै त होइन होला ? मजस्तै कतिको मनमा प्रश्न उठेको छ, तै पनि उहाँ छोड्नु हुन्न, किन ? तलब मात्र पकाउन ? त्यस्तो नहुनुपर्ने ? सुन्छु उहाँलाई यो तलब आवश्यकै छैन, पहिल्यै धनाढ्य बनिसक्नु भएको छ । के छ, ‘टेन्युर’ पु¥याउन ? ‘टेन्युर’ पु¥याएर निस्के पछि, इज्जत त पुगेन नि ? यति बेइज्जत, यति आलोचनापछि पनि टिक्नु, एक मनोवैज्ञानिक ‘केस’ जस्तो पो देखिन्छ । यो ‘हाइपर’ हरूको मनोविज्ञानबारे मैले पढेको छैन ।
किन होला यस्तो ‘हाइपर’ हरू ? हुन सक्छ, उहाँ महाभियोगलाई पर्खिरहनु भएको होस् । दलहरू विभाजित हुनाले यो संयोग जुट्न नसकेको होला । मलाई लाग्छ, उहाँको यो एउटा हद पूरा गरिदिनु सम्बद्ध सबैको प्राथमिक कर्तव्य हो । नत्र भने, न्याय नै अल्मलियो भने, त्यसको असर त सोभैm जनतामै पर्ने हुन्छ । के पेच छ यसमा, म जान्दिनँ । जे पेच भए पनि, मिस्त्रीद्वारा ठीक गर्नुपर्छ । एक कुराका लागि चोलेन्द्रशमशेरलाई मान्नुपर्दछ, यति ‘आम–दाम’ कमाएका न्यायाधीश देखिएका थिएनन् यति गाली–बेइज्जती खपेर टिक्ने न्यायाधीश पनि उहाँ नै हुनुभयो । यति ‘आइडियल टट्टु’ पनि उहाँ नै देखिनुहुन्छ । उहाँलाई दुनियाँ त छँदैछ, घर–परिवार, आफन्तले समेत के भन्दा होलान् कुन्नि । ‘बदनाम होंगे तो क्या नाम न होगा ?’ भनेजस्तै, दुर्नाम पनि त कामै मानेर बस्नु भएको छ । उहाँलाई शुभकामना ।
कति अन्तर्वार्ताकार मलाई अन्त्यतिर आएर दुई प्रश्न प्रायः सोच्ने गर्छन् । एउटा, एक घण्टा पूरा कुरा गरेपछि भन्छन्, तपाईंले पाठकहरूलाई केही भन्नु छ कि ? बडो अप्ठ्यारो प्रश्न हुन्छ, यो सारा कुरा भनेर रित्तिएपछि घचेडिन्छन् अप्ठ्यारोमा, तपाईंलाई केही भन्नु छ कि ? सबै भनिसकेपछि के भन्नु छ ? म सोध्न थाल्छु, यो प्रश्न किन गर्छन्, अन्तर्वार्ताकार ? आफ्नो क्षमतामा कमी छ कि भनेर ? आपूmलाई बचाउनलाई ? हो, मैले त पूरा ठाउँ दिएकै छु, यसै भनेन, म के गरुँ यसले सारा जिम्मा अन्तर्वार्ता दिनेमाथि जान्छ । त्यति नै निचोरेपछि फेरि तँ आफैं निचोर, सक्छस् भने अप्ठ्यारो उमार्न ? कि यो एउटा ‘ट्याग’ प्रश्न हो, चलन छ, त्यसकारण गरिन्छ भनेर ? साँच्चिैकै यो मलाई सबैभन्दा मुस्किलमा पार्ने प्रश्न हुन्छ । तैपनि कहिलेकाहीँ जसोतसो उत्तर दिई पनि हाल्छु । पुस्तक पढ्ने बानी बसाल्नुस् आदि भनेर । तर एउटा अर्को प्रश्न छ, जसको उत्तर मलाई कहिल्यै आएन, आपैंm आउँदैन । तँलाई यो (लेख्न) फुर्छ कसरी ? यो साँच्चिकै जान्दिनँ ।
म भन्छु– दुनियाँको कुनै लेखक कविले यस्को उत्तर दिएका भए देखाउनुस्, अनि म पनि समर्थ हुँला यसको उत्तर दिएर अन्तर्वार्ताकार हाँस्छ र मेरो निरन्तरतामा ऊ पनि निरुत्तर हुन्छ र जान्छ । त्यसकारण म अन्तर्वार्ता दिनदेखि भरसक बस्दछु । टार्न खोज्दछु ।
एक पटक एक महोदयले मोबाइलमा अन्तर्वार्ता लिन खोेजे । उनलाई मैले हौस्याएँ पनि । उनले निकै बेर कुरा गरेपछि एक ठाउँमा भने– यतिका लेखेर पनि तपाईंको सिग्नेचर छैन ? कुन ‘सिग्नेचर’ को कुरा गरेको हो यसले । पछि बुझायो, तपाईंको ‘आइडेन्टिटी’ छैन भनेको म फेरि सोच्न थालें, आइडेन्टटी छैन ? मेरा किताब पढाइन्छन् । ममाथि एम.ए.का त कति थेसिस लेखिएका छन्, मैले पूरा थाहा छैन, विद्यावारिधि गरिएको छ, गरिँदैछन् । पत्रपत्रिकामा रचना छापिएकै छ् । अनि कुन ‘सिग्नेचर’ को कुरा गर्दछ यो ? यस्तो प्रश्न अरू कसैले गरेको थिएन । यसले मात्र किन गर्यो ? ममाथि लेखिएका पुस्तकहरू छन्, ती पनि देखिएनन् ? यो त खोजीकै विषय भयो । यो त अल्मलिने विषय नै भयो ।
म साँच्चिकै एक छिन अल्मलिएँ । यसले यो प्रश्न सोध्नाको मूल कारण के होला ? विरोधी ‘खेमा’ को प¥यो कि ? मैले कुनै ‘खेमा’ बनाएको छैन । कि यो अन्तर्वार्ताकारको भेषमा कुनै ‘राजनीतिमा पोलिटिक्स गर्ने मानिस हो ? कि यो स्वयं एक अति महत्वाकांक्षी लेखक हो, त्यसकारण मलाई मुखले लडाएर सन्तुष्टि लिन चाहन्छ ? कुरै पनि सुनियो, यो आपैंm भविष्यमा एक बेजोड उपन्यास लेख्दै हुनुहुन्छ रे होइन ? प्रकाशकले उत्तर दिए– ‘सर, यो उहाँ १० वर्षदेखि यस्तो भन्दै हिँडिरहनु भएको छ ।’ तत्काल उसले मेरो ‘सिग्नेचर’ ब्रान्ड सेवन गर्ने एक प्रतिभाशाली लेखक हो । तै पनि उसले सोधेको प्रश्नको उत्तर चुप लाग्ने गरी त दिनै प¥यो । त्यसपछि ऊ निरुत्तर पनि भयो । मैले उत्तर दिएँ– मेरो कुनै सिग्नेचर नै नभएको भए तपार्इं केही ‘इन्टरभ्यु’ लिन केका लागि आउनुभयो त ?’ ‘सिग्नेचर ब्रान्ड’ केही लेखक यस्ता हुन्छन् होला ?
प्रतिक्रिया