काठमाण्डौँ । यू– १९ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । आज भएको फाइनलमा बंगलादेशले चिरपरिचत प्रतिद्वन्द्वी भारतमाथि १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
घरेलु टोली बंगलादेशलाई उपाधि दिलाउनका लागि ८० औं मिनेटमा एनइ मोगनिले गरेको गोल नै पर्याप्त बन्न पुग्यो । यो प्रतियोगितामा नेपाली टिम फाइनल पुग्न असफल रहेको थियो । राउन्ड रोविन लिग प्रणालीमा नेपाल तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिर भएको थियो ।
समूह चरणमा नेपालले बंगलादेशलाई बराबरीमा रोकेको थियो भने श्रीलंकामाथि ६–० गोल अन्तरको जीत दर्ता गरेको थियो ।
यसैगरी भुटानमाथि ४–० को जीत दर्ता गरेको नेपालले अन्तिम खेलमा भारतसँग १–० ले पराजित भएपछि प्रतियोगिताबाट बाहिर भएको थियो । उपाधि विजेता बंगलादेशले समूह चरणमा भारतलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
प्रतिक्रिया