देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कारबाहीमा परेका क्रिकेटरको गुनासोः हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ?

देशान्तर


काठमाडौं-असन्तुष्टि पोखेकै भरमा नेपाल क्रिकेट संघ (क्यान) कारबाहीमा परेका क्रिकेटरले क्यानले एक्कासि कप्तान र उपकप्तान हटाउने, २०२२ मा ६ महिनासम्म सेन्ट्रल कन्ट्याक्टमा नराख्ने जस्ता कारबाही गरेको प्रति आफूहरूलाई दुखी बनाएको बताए ।
शुक्रबार नक्सालको होटल क्राउन प्लाजामा पत्रकार सम्मेलन गरी उनीहरूले सो कुरा बताएका हुन् । क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित चार जनालाई कारबाही गरेको थियो । कारबाही पर्नेमा दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कमल सिंह ऐरी छन् ।

यति बेला आफूहरू टि-२० ग्लोबल क्वालिफायर र डब्लुडब्लुजस्ता महत्वपूणर् प्रतियोगिताको तयारीमा व्यस्त हुनुपर्ने ठाउँमा आफैं स्पष्टीकरण दिइहिँड्नुपर्ने अवस्था आएको भन्दै उनीहरूले दुख व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा उनीहरूले भनेका छन्, ’नेपाल क्रिकेट संघ (क्यान)को पछिल्लो निणर्यपछि धेरै पत्रकार साथीहरूले चासो राख्नुभयो, हाम्रो धारणा माग्नुभयो। क्रिकेट संघको पत्र आओस्, त्यसपछि आफ्नो धारणा राखौंला भन्ने थियो। तर क्रिकेट संघले विज्ञप्ति नै जारी गरेर आफ्नो निणर्य सार्वजनिक गरिसकेको र पदाधिकारीहरूले पनि त्यसबारे सञ्चार माध्यममा आफ्नो धारणा ल्याइरहनु भएकाले हामीले पनि केही भन्नु उपयुक्त हुन्छ भन्ने लागेर यो पत्रकार सम्मेलन आयोजना गरेका हौं।’

आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला भन्दै उनीहरूले प्रश्न गरेका छन्।
’के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ? आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा देशका वर्षैं खेलेका, आफ्नो सबै इच्छा आकांक्षा मोरेर क्रिकेटमा लागेका खेलाडीहरूलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?,’ उनीहरूले भनेका छन्।
ऋहिले आम सर्वसाधारण जनताले पनि नेपालले क्रिकेटमा राम्रो गरेको थियो । तर त्यसमा पनि राजनीति हावी भएपछि देशमा सबै क्षेत्रमा राजजीति हावीले तहसनहस पारेको र भावी पुस्ता झनै समस्यामा पर्ने देखिन्छ ।