काठमाडौं । क्यारेवियन मुुलुक हैटीमा इन्धन बोकेको ट्याकर बिस्फोट हुँदा ६० जनाको मृत्यु भएपछि तीन दिनको शोक घोषणा गरिएको छ ।
क्याप हाइटिएन शहरमा गुडिरेको इन्धन सहितको ट्याकरबाट इन्धन चुहिएर बिस्फोट भएको हो ।
ट्यांकरबाट चुहिएको इन्धन लिन सर्वसाधारणको भीड लागेको बेला ट्यांकर बिस्फोट हुँदा ६० जनाको मृत्यु भएको हो । घटनामा दर्जनौ घाइते भएका छन् । घाइतेहरु पुरै जलेको अवस्थामा रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
हैटीका प्रधानमन्त्री एरियल हेनरीले दुर्घटनापछि सम्पुर्ण क्यारेबियान राष्ट्र शोकमा डुबेको भन्दै ३ दिनको शोक घोषणा गर्नुभएको हो ।
प्रतिक्रिया