देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

देशान्तर

काठमाडौं – इन्डोनेसियामा ७।३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भे ९यूएसजीएस० का अनुसार भूकम्प आएसँगै सुनामीको चेतावनी दिइएको छ । यद्यपि अहिलेसम्म मानवीय र अन्य क्षतिको कुनै विवरण आएको छैन ।

भूकम्पको केन्द्रविन्दु भन्दा एक हजार किलोमिटर वरपरको क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ । यूएसजीएसले मानवीय क्षतिको सम्भावना कम रहेको बताएको छ । यद्यपि यसअघि पनि भूकम्पको कारण पहिरो तथा समुद्री आँधी जस्ता विपत्ति उत्पन्न हुँदै आएका थिए ।

भूकम्पपछि अहिले मानिसहरु सबै सडकमा निस्किएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ । गत वर्ष सुलावेसी टापुमा ७।५ म्याग्निच्युडको भूकम्प जाँदा ४३ सय मानिसको मृत्यु वा बेपत्ता भएका थिए ।