काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरणअन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र एनआरटीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् ।
आज एनआरटीलाई हराएर सातदोबाटो शीर्ष स्थानमा उक्लन चाहन्छ । सातदोबाटो ३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एनआरटी सातदोबाटोलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । एनआरटी २ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
यस्तै, अपरान्ह पौने पाँच बजे सुरु हुने दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् ।
आज मछिन्द्रलाई हराएर शेर्पा पहिलो जित निकाल्न चाहन्छ । शेर्पा ३ खेलमा २ अंक जोडेर १० औं स्थानमा रहेको छ । यता, अपराजित मछिन्द्र शेर्पालाई हराएर शीर्ष टिमसँग अंक बराबरी गर्न चाहन्छ । ७ अंक जोडेको मछिन्द्र चौंथो स्थानमा रहेको छ ।
प्रतिक्रिया