देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युरोपमा आविक युद्ध सुरु हुन सक्ने रूसको चेतावनीण

देशान्तर

मस्को :रूसले युक्रेनलाई लिएर अमेरिकासँग चलिरहेको विवादबाट आणविक युद्ध हुन सक्ने चेतावनी दिएको छ ।
रूसले अमेरिकालाई क्युबामा गरे जस्तो गल्ती नगर्न पनि चेतावनी दिएको छ । हाल भारी हतियारसहित १ लाखभन्दा बढी रूसी सैनिक युक्रेनसँगको सीमामा तैनाथ छन्। युक्रेनी सीमामा रूसी सैनिक जम्मा गरेकोमा अमेरिकी नेतृत्वको नेटोले कडा प्रतिक्रिया दिएको छ।

यति मात्र होइन, केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रूसलाई परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।

रूसी उपविदेशमन्त्री सर्गेई रयाबकोभले अमेरिकालाई सन् १९६२ को क्युबाली क्षेप्यास्त्र संकट भयानक आणविक युद्धका साथ दोहोरिने चेतावनी दिएका छन्। ‘यदि सबै अवस्था उस्तै रहे आणविक युद्ध देख्न सम्भव छ’, उनले भने। विश्वमा आणविक हतियारको मामिलामा रूस र अमेरिका लगभग बराबर छन्। रूससँग धेरै हाइपरसोनिक क्षेप्यास्त्र छन् जुन अमेरिकी हवाई रक्षा प्रणालीले रोक्न असम्भव छ।
कृष्णसागरमा जारी नौसैनिक तनावबीच रूसी सेनाले युक्रेनसँग जोडिएको भोरोनेज क्षेत्रमा धेरै अत्याधुनिक हतियार तैनाथ गरेको छ।
स्याटेलाइटमार्फत लिइएका तस्वीरमा उक्त क्षेत्रमा रूसी सेनका ट्याङ्कहरू र बुक एन्टि-एयरक्राफ्ट मिसाइल प्रणाली देखिन्छन्।

युक्रेनको सिमानाबाट २०० माइलभन्दा कम दूरीमा रहेको स्मोलेन्स्क जिल्लामा तैनाथ रूसी सेनाका साथै जगेडा राखिएका सैनिकको तस्बिर जारी गरेको छ।

गुप्तचर प्रतिवेदनअनुसार कम्तिमा ९ हजार रूसी सैनिक, भारी तोपखाना र ट्याङ्क सहित युक्रेनी सीमा नजिकै तैनाथ छन्। मिररको रिपोर्ट अनुसार अर्को वर्षको सुरुसम्म यो संख्या बढेर १ लाख ७५ हजार पुग्न सक्छ।

बेलायती सशस्त्र बलका नयाँ रक्षा प्रमुख एडमिरल सर टोनी राडाकिनले रूस र युक्रेनबीचको युद्ध दोस्रो विश्वयुद्धपछिको युरोपमा सबैभन्दा भीषण हुनसक्ने बताएका छन् ।

क्युबाली संकट सन् १९६२ मा शीतयुद्धका वेला सुरु भएको थियो । यस क्रममा रूसले गोप्य रूपमा अमेरिकामा मार हान्न सक्ने गरी क्युबामा क्षेप्यास्त्रहरू तैनाथ गरेको थियो।

अमेरिकाले सन् १९५८ मा बेलायतमा र सन् १९६१ मा टर्की र इटालीमा १०० भन्दा बढी परमाणु क्षेप्यास्त्र तैनाथ गरेको थियो। यसकै जवाफमा रूसले क्युबामा क्षेप्यास्त्र पठाएको थियो।

१४ अक्टोबर १९६२ मा एक अमेरिकी जासुसी विमानले क्युबामा रहेका क्षेप्यास्त्रको तस्वीर लिएपछि क्युबा मिसाइल संकट सुरु भएको थियो।