काठमाडौँ । सहिद स्मारक लिग ’ए’ डिभिजन २०७८ मा आइतबार एकै खेल मात्र हुनेछ । दशरथ रंगशालामा हुने त्यस खेलमा आर्मीले ब्रिगेड ब्वाइज .(बीबीसी) को सामना गर्नेछ ।
आफ्ना सुरुआती दुई खेलमा अपराजित बीबीसीको चार अंक छ र पाँचौं स्थानमा छ । उसले एपीएफलाई हराएरयता एनआरटीसँग बराबरी खेलेको हो । आर्मीले आफ्ना दुवै सुरुआती खेलमा बराबरी खेलेको छ र दुई अंकमै सीमित रहेर नवौं स्थानमा रहेको छ ।
आर्मीले पुलिस र मछिन्द्रसँग बराबरी खेलेको हो । माथिल्लो डिभिजनको लिग इतिहासमा आर्मीले बीबीसीविरुद्धका सबै खेल जितेको छ र अबको खेलमा पनि जित निकाल्ने अपेक्षा राख्नेछ ।
प्रतिक्रिया