काठमाण्डौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजपनि दुई खेल हुँदै छन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लबले विभागिय टीम एपीएफको सामना गर्दा अर्को खेलमा मनाङ मस्र्याङदीले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्ने छ ।
दिउँसो १ बजे हुने खेलमा च्यासल पहिलो जितको खोजीमा हुनेछ । आफ्नो पहिलो खेलमा थ्री स्टारसँग ३–० को फराकिलो हार भोगेको च्यासल कम्तिमा पहिलो खेलको खराव लय सुधार्दै लिगमा पुनरागमनको प्रयासमा हुने छ । त्यसोत विभागिय टीम एपीएफ पनि पहिलो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइजसँग ३–२ को प्रतिस्पर्धात्मक भिडन्तमा पराजित भएकाले आज अंक विहिन अवस्था अन्त्य गर्न मैदानम हुने छ । लिग अन्तर्गत नै ४ः४५ मा हुने दोस्रो खेलमा मनाङ मस्र्याङ्दीले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्ने छ । ए डिभिजन लिगको आठ पटकको च्याम्पियन मनाङ लगातार दोस्रो जित निकाल्दै आफ्नो रवाफ कायम राख्न चाहन्छ ।
पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १–० ले पराजित गरेको थियो । मनाङविरुद्ध मैदान उत्रदा हिमालयन पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा हिमालयनले संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो ।neplyas.com
प्रतिक्रिया