काठमाण्डौँ । लिगको दोस्रो चरणको पहिलो खेलमा नै थ्रीस्टार सातदोबाटो युथ क्लवसँग एक शुन्यले पराजित भयो । सहिद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लवसँग थ्रीस्टार क्लव स्तब्ध भएको छ । लिगको दोस्रो चरणको पहिलो खेलमा नै थ्रीस्टार सातदोबाटो युथ क्लवसँग एक शुन्यले पराजित भयो ।
पहिलो खेलमा च्यासल युथ क्लवलाई तीन शुन्यले जितेको थ्रिस्टार सातदोबाटोविरुद्ध भने राम्रो खेल्न सकेन । दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको सुरुवाती ३० मिनेटमा दुबै टिमले खासै उत्कृष्ट मुभ बनाउन सकेका थिएनन् ।
तर ३० औं मिनेटमा सातदोबाटोले खेलमा अग्रता बनायो । उसका लागि मार्टिन अजाईले डिबक्स भित्रबाट मिलाइदिएको पासमा सुदिप गुरुङले डिबक्सको नजिकैबाट उत्कृष्ट गोल गरे । त्यसपछि शुसिल राईको पासमा निरज चौधरीले पाएको राम्रो मौका खेर फाले । ३७ औं मिनेटमा रितिक खड्काको डिबक्स बाहिरबाट गरेको प्रहारलाई सातदोबाटोका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।
त्यसको केहि समयपछि थ्रीस्टारका अनन्त तामाङको हेडर प्रयास पोष्ट नजिकैबाट बाहिरीयो । त्यसपछि दुबै टिमबाट उल्लेख्य मुभ हुन सकेन र पहिलो हाफमा सातदोबाटोले एक शुन्यको अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको सातदोबाटो विरुद्ध थ्रीस्टारले दोस्रो हाफमा खेलमा फर्कन असफल बन्यो । ७१ औं मिनेटमा सातदोबाटोका मार्टिन अजाईले डिबक्स भित्रबार गरेको उत्कृष्ट प्रहारलाई थ्रीस्टारका गोलकिपर प्रिसोले बचाए ।
७४ औं मिनेटमा थ्रीस्टारका प्रिसोले अर्को बचाउ गरे । सातदोबाटोको निरज चौधरीको डिबक्स भित्रको प्रहारलाई उनले बचाए । ८२ औं मिनेटमा थ्रीस्टारले गोलको राम्रो अवसर खेर फाल्यो । कर्नरबाट आएको बललाई हेडको प्रयार पोष्टको माथिबाट बाहिरीयो । त्यसपछि सातदोबाटोको विनोद चौधरीको प्रहारलाई थ्रीस्टारका गोलकिपर प्रिसोले बचाए ।
खेलको अन्तिममा थ्रिस्टारले केहि दबाव दिएपनि गोल फर्काउन सकेन र पहिलो पटक शिर्ष डिभिजन खेलिरेहको सातदोबाटोसँगको पहिलो भिडन्तमा नै पराजित भयो । यो जितसँगै सातदोबाटोले दुई खेलमा चार अंक बनाएको छ भने थ्रीस्टारको तीन अंक छ । यसका साथै सातदोबाटोका प्रशिक्षकले पनि सातदोबाटोबाट नयाँ यात्रालाई दरिलो तरिकाले सुरुवात गरेका छन ।neplays.com
प्रतिक्रिया