एजेन्सी । भारतको आन्द्रप्रदेशमा भीषण वर्षापछि आएको बाढीमा परी २५ जनाको ज्यान गएको छ भने कम्तिमा एक सय जना वेपत्ता भएका छन् ।
प्रदेशका रायलसिमा, चित्तुर, कडपा, कुरनुल र अनन्तपुर जिल्लामा बर्षा र बाढीले जनधनको ब्यापक क्षति गरेको छ । वर्षापछि स्थानीय नदीहरु बढेर बस्तीमा पस्दा क्षति भएको हो ।
करीब २ हजार घरहरु डुबानमा परेको र हजारौं चौपायाको क्षति भएको जनाइएको छ । तिरुपति बालाजी मन्दिर क्षेत्रमा पनि बाढीले डुबाएको छ । बाढीमा फसेकाहरुको उद्धारका लागि वायु सेनालाई परिचालन गरिएको छ ।
डुबानका कारण उद्धार र पुनस्थापनामा कठीनाई भईरहेको त्यहाँको सरकारले बताएको छ । प्रदेश सरकारले बाढीमा ज्यान गुमाएका परिवारका लागि तत्काल ५ लाख राहत दिने घोषणा गरेको छ ।
प्रतिक्रिया