एजेन्सी । अर्मेनिया र अजरबैजानबीच युद्ध अन्त्य गर्ने सहमति भएको छ ।
रुसको मध्यस्थतामा दुई देशबीचमा युद्ध अन्त्य गर्ने सम्झौता अनुसार सीमा क्षेत्रमा हुँदै आएको युद्ध अन्त्य भएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको छ । सुरक्षा कारबाही रोक्ने सम्झौतामा रुस, अजरबैजान र अर्मेनियाका उच्च अधिकारीले सहमति जनाएका हुन् ।
यो सम्झौतापछि अर्मेनियाको पूर्वी सीमा क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । सहमति हुनुअगाडि भएको पछिल्लो भिडन्तका क्रममा अर्मेनियाका एक सैनिकको ज्यान गएको थियो ।
सीमा क्षेत्रको भूमिलाई लिएर दुई देशबीचमा लामो समयदेखि द्वन्द्व छ । विवाद साम्य हुँदै फेरि बल्झिने गरेको छ ।
प्रतिक्रिया