काठमाडौं-थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् ।
नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा.विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा. सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् ।
विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. विनिता र हाडजोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरूले डा. सगुनको निःशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।
बालरोग विशेषज्ञ डा. जोशीले बिहान १० बजेदेखि १२ बजेसम्म र हाडजोर्नी रोग विशेषज्ञ डा. जोशीले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन् ।
नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवालाई सञ्चालन गर्दै आएको छ ।
निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ।
निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधासमेत उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया