देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पहिलो त्रैमासमा मुलुकमा मालवस्तु आयात १२.७ % ले घट्यो

देशान्तर

 

 

 

 

 

 

 

 

 

काठमाडौं-चालू आर्थिक वर्ष २०७८/ ७९ को तीन महीनामा कुल वस्तु आयात १२ दशमलव ७ प्रतिशतले घटेर २ खर्ब ९२ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १० दशमलव ३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६ दशमलव ६ प्रतिशत, २६ दशमलव ९ प्रतिशत र १९ दशमलव शून्य प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइलालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपुर्जा, हवाईजहाज तथा पाटपुर्जा, अन्य मेसिनरी तथा पाटपुर्जा, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ सुक्खा बन्दरगाह, कैलाली, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७७/ ७८ को तीन महीनामा कुल वस्तु व्यापार घाटा १५ दशमलव १ प्रतिशतले घटी २ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १२ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव ६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव १ प्रतिशत रहेको थियो ।

आव २०७७/ ७८ को तीन महीनामा कुल वस्तु निर्यात १४ दशमलव ३ प्रतिशतले वृद्धि भई ३१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १९ दशमलव ४ प्रतिशत र ७ दशमलव ४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पm ५३ दशमलव २ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, अलैंची, पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छालालगायतका वस्तुको निर्यात घटेको छ ।

सो अवधिमा चालू खाता ३४ अर्ब ३६ करोड रुपैयाँले बचत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २२ अर्ब ४७ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ८४ लाख रुपैयाँले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २८ करोड ८२ लाख रुपैयाँले बचत छ ।

सो अवधिमा पूँजीगत ट्रान्सफर ३ दशमलव ३ प्रतिशतले कमी आई ३ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६ दशमलव ८ प्रतिशतले कमी आई २ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ३ अर्ब ६८ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९९ करोड रुपैयाँ थियो ।

त्यस अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोड रुपैयाँले बचत छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोड रुपैयाँ बचत थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १२ करोड ७८ लाख रुपैयाँ बचत रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८५ करोड १० लाख रुपैयाँ बचत छ । रासस