देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महिला भलिबलको अभ्यास सुरु

देशान्तर

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि आजबाट महिला भलिबल टोलीले अभ्यास सुरु गरेको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आज पहिलो दिन महिला टोलीले सामान्य अभ्यास गर्दै प्रतियोगिताका लागि प्रशिक्षण आरम्भ गरेको हो । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने तालिका रहेको छ ।

२० खेलाडी समावेश गरि अभ्यास थालिएको हो । नेपाल भलिबल संघको बिहीबार बसेको कार्यसमितिको बैठकले महिला टिमको प्रशिक्षण सुरु गर्ने योजना अनुसार प्रशिक्षण थालेको हो ।

प्रतियोगिताका तयारीका लागि यसअघि एसियन च्याम्पियनसिपका लागि छनोट भएका १७ खेलाडीसहित नेपाल पुलिसका तीन खेलाडीलाई समावेश गरिएको छ । नेपाल प्रहरीको आन्तररिक प्रीशक्षणमा रहेका पुलिसका खेलाडी कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ थपिएका छन् । एसियन च्याम्पियनसिपका लागि दोस्रो चरणमा १८ खेलाडी प्रशिक्षणमा रहेपनि चोटका कारण रिया कुँवर टोलीबाट बाहिर छिन ।

यस अघि २०१९ मा बंगलादेशमै भएको सेन्ट्रल जोनमा नेपालले सबै खेलमा स्पष्ट जित निकाल्दै उपाधि घर भित्र्याउन सफल भएको थियो । २०२० मा आयोजना भइसक्नु पर्ने प्रतियोगिता विश्वभर फैलिएको कोरोना महामारीका कारण तय भएको तालिकामा आयोजना हुन सकेको थिएन ।

महिला टोलीले अभ्यास थाले पनि पुरुष टोलीले कहिलेबाट अभ्यास थाल्ने अझै टुङ्गो लागेको छैन् । यद्यपि पुरुष टोलीलाई प्रशिक्षण दिन नेदरल्याड्सका प्रशिक्षक हान एबिङ नेपाल आईसकेका छन् ।