देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इन्धनकोे मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

देशान्तर

काठमाडौं–नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

नेपाल आयल निगमले बुधबार राती १२ बजे पछि लागू हुने गरी इन्धनको मूल्य बढाए पछि बिहीबार रत्नराज्य क्याम्पस अगाडि अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो ।

उनीहरूले नाफाघाटा जान्दैनौं, मूल्य वृद्धि मान्दैनौं, जनतामारा सरकार मुर्दावादु, मूल्य वृद्धि रातारात, मिलेमतो पाँच दलको, उठिबास जनताको, कालोबजारीहरू होसियालगायत प्लेकार्ड बोकेर नाराहरू लगाएका थिए ।
आयल निगमले खाना पकाउने ग्यासमा ७५, पेट्रोल, डिजल, मट्टितेलमा ३ रुपैंयाले मूल्य वृद्धि गरेको थियो । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएकाबेला मूल्य वृद्धि भएको भन्दा पनि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि मूल्य वृद्धि भएको थियो । अहिले अनेरास्ववियुले गरेको विरोध–विरोधका लागि मात्र सावित हुन्छ । किनभने आफ्नो दल सरकारमा हुँदा चुइक्क नबोल्ने तर सरकारबाट बाहिरीले वित्तिकै बिरोध गर्ने बानीका कारण जनताले दुःख पाइरहेका छन् ।