काठमाण्डौं–ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले दराजको ११ः११ अफरमा दराज ईकमर्शबाट सामान किन्दा किन्दा १५ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।
दराजले आफ्नो बजार बिस्तार गर्ने रणनीति अन्तर्गत ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई १५ प्रतिशत छुट दिन लागेको हो ।
यस छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउनेछन् ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा रु. ३ हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा रु. ३ हजार ५०० सम्म छुट पाउने ग्लोबल आइएमई बैंक द्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पर्ुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा बैंकको २८६ शाखा, २५२ एटीएम, २६२ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदैआइरहेको छ ।
प्रतिक्रिया