काठमाडौं–सहुलियतपूर्ण कर्जाको लागि प्रवाह भएको ऋणमा ९ अर्ब १५ करोड २१ लाख ५८ हजार रुपैयाँ अनुदान गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, विभिन्न १० शीर्षकका कर्जामा अनुदान गएको हो ।
यो अनुदान सरकारले उपलब्ध गराउँदै आएको छ । राष्ट्र बैंकले उपलब्ध गराएको असोजसम्मको तथ्यांक अनुसार, २ खर्ब ३१ अर्ब ४३ करोड कर्जा स्वीकृत भएको छ । लगानी भने एक खर्ब ९८ अर्ब ९२ करोड रुपैयाँ भइसकेको छ ।
सरकारले महिलाबाहेक सबै शीर्षकको ऋणमा ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउँछ । महिलामा भने ६ प्रतिशत अनुदान उपलब्ध गराउँछ ।
ब्यवसायिक कृषि तथा पशुपन्छीमा एक खर्ब ४९ अर्ब ३१ करोड रुपैयाँ ऋण स्वीकृत भएको छ । यस मध्ये धितो विनामा २ अर्ब ७१ करोड गएको छ । धितोसहितमा एक खर्ब २४ अर्ब रुपैयाँ गएको छ ।
शिक्षित युवा स्वरोजगार कर्जा ७ करोड ७८ लाख रुपैयाँ गएको छ भने विदेशबाट फर्केका युवा परियोजना कर्जा ७६ करोड ४२ लाख रुपैयाँ गएको छ ।
महिला उद्यमशील कर्जा ७६ अर्ब २८ करोड रुपैयाँ गएको छ । दलितलाई ७३ करोड ९४ लाख, उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जा ४५ करोड ८२ लाख रुपैयाँ गएको छ ।
भुकम्प पीडितलाई सात करोड ५५ लाख रुपैयाँ गएको छ । कपडा उद्योगलाई ४ अर्ब ११ करोड गएको छ भने प्राविधिक तथा ब्यवसायिक तालिम परिषद्बाट लिइने तालिमेलाई ४ लाख र युव वर्ग स्वरोजगार कर्जा ८३ लाख रुपैयाँ स्वीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया