चीनले कोइलाको उत्पादन अध्याधिक बढाएसँगै विज्ञहरूले आलोचना गरेका छन् ।
गत महिना कोइला अभावका कारण उर्जा संयन्त्रहरूको काम प्रभावित भएपछि चीनले कोइलाको दैनिक उत्पादनमै रेकर्ड स्तरको बृद्धि गरेको थियो ।
चीन विश्वमै सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने देश हो ।
चीनका शीर्ष आर्थिक योजनाकारहरूका अनुसार कोइलाको दैनिक उत्पादनमा १ करोड २० लाख टनभन्दा बढी बृद्धि भएको छ । यसबाट हिउँद महिनाहरूमा बिजुलीको आपूर्ति सुनिश्चित गर्न सकिने उनीहरूको भनाई छ ।
चीनले बिगत चार वर्षदेखि कोइलाको प्रयोगमा कटौती सुरुवात गरेको छ । आगामी सन् २०६० सम्म कार्बन उत्सर्जनबाट पूर्ण रूपमा मुक्त हुने कोशिसमा लागिरहेको चीनले बताउँदै आएको छ । तर, ऊर्जा संयन्त्रहरूको काम नै प्रभावित भएपछि हाल चीनले उत्पादन बढाउनुपरेको तर्क गरिरहेको छ । तर, चीनको यो कदमलाई विश्वका जलवायु विशेषज्ञहरूले भने आलोचना गरेका छन् ।
बेइजिङ कार्बन उत्सर्जनबाट पूर्ण रूपमा मुक्त हुन ढिलाइ गरिरहेको भन्दै उनीहरूले नयाँ योजनाले चीनको कार्बन उत्सर्जनबाट मुक्त हुने प्रयासलाई अझ पछि धकेल्ने बताएका छन् ।
प्रतिक्रिया