एजेन्सी । आईसीसी महिला टी–२० विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले बंगला देशमा अभ्यास खेल सुरु गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
अभ्यास खेलमा नेपाली महिला टिमले बंगलादेशको ए टिम र मिश्रीत टिमसँग खेल्ने छ । नेपाली महिला टिमले कतारकालागि १४ नोभम्बरमा जाने तयारी छ भने उसले नोभम्बर १६, १७ र १८ तारिखमा टी २० आई कतारी टिमसँग खेल्नेछ ।
त्यसको अर्को दिन टिम दुबई प्रस्थान हुनेछ । नेपाली महिला टिमले करिव दुई बर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । घरेलु मैदानमा भएको दक्षिण एशियाली खेलकुद सागपछि महिला टिमले कुनैपनि अन्तराष्ट्रिय खेल खेलेको छैन । विश्वकप एशिया क्वालीफायर खेल्नु अघि नेपाली टिम बंगलादेश गएको हो ।
छनोटमा नेपालले पहिलो खेल नोभम्बर २२ मा नेपालले दुबई स्थित आईसीसी एकेडेमीमा हङकङसँग खेल्नेछ । यस्तै नोभम्बर २३ मा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ भने नोभेम्बर २५ मा कुवेतको सामना गर्नेछ ।
लिग चरणमा चौथो खेलमा नेपालको प्रतिद्धन्द्धी मलेसिया रहेको छ । यस्तै लिगको अन्तिम खेलमा २८ तारिखमा युएईसँग खेल्नेछ । सबै खेल आइसीसी एकेडेमीको मैदानमा हुनेछन् ।
प्रतिक्रिया