देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटिजन्स बैंकले १६ प्रतिशत लाभाशं पारित गर्यो

देशान्तर


काठमाडौं– सिटिजन्स बैंकको पन्ध्रौं वार्षिक साधारण सभाले १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको पन्ध्रौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा कार्तिक १६ गते, मंगलबार केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न भएको सभाले यस्तो निर्णय गरेको हो ।
कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी विद्धुतीय माध्यम र भौतिक रुपमा एकसाथ वार्षिक साधारण सभा संचालन गरिएको थियो ।

उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७७ र ७८ को मुनाफाबाट १६ प्रतिशत लाभांश १२।९१३ प्रतिशतका दरले हुन आउने १ अर्ब ६२ करोड ४० लाख ५० हजार ८९१।१० रूपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र ३।०८७ प्रतिशतका दरले हुन आउने ३८ करोड ८२ लाख ५६ हजार ८०७।२४ रूपैयाँ बराबरको नगद लाभांश ९लाभांश करसमेत दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । उक्त बोनस शेयर वितरणपछि बैककोे चुत्ता पूँजी १४ अर्ब २० करोड पुगेको छ ।

सो सभामा आ.व. २०७७ र ७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७७ र ७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

यसकासाथै सोही साधरणसभाले सर्वसाधारणको तर्फबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्कीलाई संचालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमासिक सम्ममा करिव १ खर्ब ४६ अर्ब रूपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३३ अर्ब रूपैयाँ ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र ६९ करोड रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ११२ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।