काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने सम्झौता गरेको छ ।
मेगा बैंक नेपाल लिमिटेड र दृष्टि आई केयर सिस्टमबीच मेगा बैंकका ग्राहकहरूलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको मेगा बैंक द्धारा जारी प्रेस विज्ञप्तीमा जनाएको छ ।
सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखाको परिक्षण र ल्यावमा ५÷५ प्रतिशत तथा चश्मा खरिदमा ७।५० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
मेगा बैंकका ग्राहकहरूलाई यसअघि देखि नै काठमाडौँ लगायत देशका विभिन्न अस्पतालहरूले विशेष छुट दिँदै आएको मेगा बैंकले जनाएको छ ।
प्रतिक्रिया